सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
मङ्गलबार, १२ जेठ २०८३, ०६ : ३९
सारांश
- सप्तकोशी नदीको बिच टापुबाट सशस्त्र प्रहरीले १६ बोरामा लुकाई छिपाई राखेको करिब ४ सय ७५ केजी गाँजा बरामद गरेको छ ।
- सुनसरी र उदयपुर जिल्लाको सिमानामा पर्ने सप्तकोशी निको बिच टापुमा फेला परेको गाँजालाई र्याप बोटको सहायताले नदी वारि ल्याइएको थियो ।
- विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले उक्त गाँजा बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ ।
काठमाडौँ । सप्तकोशी नदीको बिच टापुबाट सशस्त्र प्रहरीले करिब ४ सय ७५ केजी गाँजा बरामद गरेको छ ।
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी निको बिच टापुमा १६ वटा बोरामा अवैध रुपले लुकाई छिपाई राखेको उक्त गाँजा सोमबार बरामद गरिएको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र सुरक्षा वेश रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राज विक्रम खड्काको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।
निको बिच टापुमा भएको कारण सशस्त्र प्रहरीले र्याप बोटको प्रयोग गरी सो गाँजा नदी वारी ल्याएको थियो।
बरामद गाँजा आवश्यक कारबाईको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता विष्णु प्रसाद भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण