चार दशकदेखि शिक्षामा अग्रणी लिटिल एन्जल्स स्कूल
सारांश
- लिटिल एन्जल्स स्कूल (एलए) ले चार दशकभन्दा बढी समयदेखि नेपाली शिक्षाक्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।
- एलएले हरित वातावरण, प्रविधिसम्पन्न कक्षाकोठा र इलेक्ट्रिक गाडीको प्रयोगमार्फत आफूलाई वातावरणमैत्री शिक्षण संस्थाका रूपमा स्थापित गरेको छ।
- उत्कृष्ट नतिजा निकाल्दै आएको एलए पछिल्लो २२ वर्षदेखि देशका उत्कृष्ट १० शिक्षण संस्थामध्ये निरन्तर स्थान सुरक्षित गर्न सफल भएको छ।
काठमाडौं । ललितपुरको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए) ले चार दशकभन्दा बढी समयदेखि नेपाली शिक्षाक्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।
हरित वातावरण, प्रविधिसम्पन्न कक्षाकोठा र इलेक्ट्रिक गाडीको प्रयोगमार्फत एलएले आफूलाई वातावरणमैत्री शिक्षण संस्थाका रूपमा स्थापित गरेको छ।
सन् १९८१ मा स्थापना भएको यस शिक्षालयले समयअनुसार शिक्षण पद्धति र प्रविधिमा नवप्रयोग गर्दै नेपाली शिक्षा प्रणालीमा नयाँ आयाम थप्दै आएको छ। सन् १९९७ देखि कक्षा ११ र १२ सञ्चालन गर्दै आएको एलएले हाल स्नातक तहसम्म अध्ययनको व्यवस्था गरेको छ।
स्थापनाकालदेखि नै उत्कृष्ट नतिजा निकाल्दै आएको एलए पछिल्लो २२ वर्षदेखि देशका उत्कृष्ट १० शिक्षण संस्थामध्ये निरन्तर स्थान सुरक्षित गर्न सफल भएको विद्यालयले जनाएको छ।
‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने मूलमन्त्रका साथ एलएले विद्यार्थीलाई संस्कारयुक्त र प्रविधिमैत्री शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयले अन्तर्राष्ट्रिय सन्दर्भअनुसार पाठ्यक्रम अद्यावधिक गर्दै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेको जनाएको छ।
शान्त र स्वच्छ वातावरण, गुणस्तरीय भौतिक पूर्वाधार, स्मार्ट कक्षा, उत्कृष्ट आवासीय व्यवस्था, फराकिलो खेलमैदान तथा समग्र विकासमा केन्द्रित शैक्षिक संरचनाले एलएलाई अन्य शिक्षण संस्थाभन्दा फरक बनाएको छ।
कक्षा ११ र १२ अन्तर्गत साइन्स, मेनेजमेन्ट तथा ‘ए लेभल’ कार्यक्रम सञ्चालन गर्दै आएको एलएले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको समग्र विकासमा विशेष जोड दिएको छ।
शैक्षिक उपलब्धिसँगै विद्यार्थीको मानसिक, शारीरिक र सामाजिक विकासमा समेत ध्यान दिँदै आएको लिटिल एन्जल्स स्कूलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण