कर्मचारीलाई धम्क्याएको आरोपमा एकजना पक्राउ
मङ्गलबार, १२ जेठ २०८३, १३ : ५८
सारांश
- खानेपानी मन्त्रालय (हाल पूर्वाधार विकास) का कर्मचारीलाई धम्क्याएको आरोपमा प्रहरीले कालिकोटका उपेन्द्र शाहीलाई पक्राउ गरेको छ ।
- शाहीलाई सोमबार काठमाडौँबाट पक्राउ गरिएको हो ।
- उनले केही समय अगाडि मन्त्रालयका उच्च अधिकृतलाई धम्की दिएको आरोप छ ।
काठमाडौँ । खानेपानी मन्त्रालय (हाल पूर्वाधार विकास) का कर्मचारीलाई धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट घर भएका उपेन्द्र शाही छन् ।
उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । केही समय अगाडि उनले सो मन्त्रालयको उच्च अधिकृतलाई धम्की दिएको आरोप छ ।
त्यसबारे जाहेरी आउन बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए । आरोपीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण