बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘गंगा रानी’मा वर्षाको अभिनय रहने

मङ्गलबार, १२ जेठ २०८३, १४ : ३६
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • अभिनेत्री वर्षा सिवाकोटी फिल्म 'गंगा रानी' को मुख्य भूमिकामा देखिने भएकी छन् ।
  • निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा अभिनयका लागि वर्षासँग सम्झौता गरेको छ ।
  • वर्षासँग सम्झौता लगतै निर्माण टिमले उनको तस्वीर भएको फिल्मको एक पोस्टर समेत सार्वजनिक गरेको छ ।

काठमाडौँ । फिल्म ‘गंगा रानी’को मुख्य भूमिकामा अभिनेत्री वर्षा सिवाकोटी अभिनय रहने भएको । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा अभिनयका लागि बर्षासँग मंगलबार सम्झौता गरेको हो ।

वर्षासँग सम्झौता लगतै निर्माण टिमले फिल्मको एक पोस्टर समेत सार्वजनिक गरेको छ । जसमा सिवाकोटी नै समेटिएकी छन् । आहा फिल्मस्को प्रस्तुतिमा बन्ने फिल्मका निर्माता कमलप्रसाद शर्मा हुन् ।

 लेखन तथा निर्देशन राजबहादुर साने रहने फिल्ममा ४ महिला र ४ पुरुष कलाकारको खोजी जारी छ । पुरुष २० वर्षदेखि ४० वर्ष उमेर समूहका र महिलाका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका कलाकार खोजी भएको निर्माण युनिटले जनाएको छ ।

आहा फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यसअघिको फिल्म ‘लज्जावती’ प्रदर्शनको तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप