वीरगगञ्ज महानगरका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी
सारांश
- लिखत सम्बन्धी कसुरमा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहविरूद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ।
- मेयर सिंहविरूद्ध चार वटा मुद्दा परेकोमा लिखत सम्बन्धी कसुरमा मात्र पक्राउ पुर्जी जारी भएको हो।
- नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता जारी गराएको जाहेरीका आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
वीरगगञ्ज । लिखत सम्बन्धी कसुरमा वीरगगञ्ज महानगरका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत पर्साले आज मेयर सिंहविरूद्ध पुर्जी जारी गरेको हो। जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकर मल्लिकले अदालतले मेयर सिंहविरूद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको पुष्टि गरे ।
उनका अनुसार मेयर सिंहविरूद्ध चार वटा मुद्दा परेको थियो, तर लिखत सम्बन्धी कसुरमा पक्राउ जारी गरेको हो।
लिखत सम्बन्धी कसुरमा अनुसूची (२२) अनुसार पक्राउ पुर्जी जारी भएको हो । वीरगञ्जका स्थानीय लियाकत अलीको जाहेरी अनुसार लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको जिल्ला अदालत पर्साले जानकारी दिएको छ ।
मेयर सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता जारी गराएको जाहेरी परेको थियो । सोही आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
-
वीरेन्द्रनगरमा खाना पकाउने ग्यास पाउन मुस्किल, तस्बिरहरू
-
चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
-
मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’
-
साउदी अरेबियासँग अर्जेन्टिनाले हारेको खेलकै रेफ्रीले खेलाउँदैछन् फाइनल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण