'लालीबजार' फिल्म विवादः प्रमाण मिसिल झिकाउने आदेश
मङ्गलबार, १२ जेठ २०८३, १८ : ५०
काठमाडौँ । उच्च अदालत पाटनले 'लालीबजार' फिल्म विवादमा रोशनी नेपालीले दायर गरेको रिटमा प्रमाण मिसिल झिकाउने आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले चलचित्र जाँच समितिको निर्णय र सो निर्णयसँग सम्बन्धित सक्कल फाइल झिकाउन आदेश जारी गरेको छ । साथै रिट निवेदनसँग सम्बन्धित आधिकारिक चलचित्रको सफ्टकपि इजलास समक्ष देखाई फिर्ता लैजाने गरी पेस गर्न भनेको छ ।
यसअघि जेठ १ गते सर्वोच्च अदालतले उक्त फिल्म हेरेर निर्णय लिन उच्च अदालतको नाममा आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि नेपालीले पुन उच्च अदालतमा निवेदन दिएकी थिइन । उक्त फिल्म वैशाख २५ गतेदेखि प्रदर्शन भइरहेको छ ।
उच्च अदालतले उक्त फिल्म हेरेपछि फिल्म संसोधन या बन्द गर्ने भन्ने विषयमा निर्णय लिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण