कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले गर्यो विभिन्न ६ निर्णय
सारांश
- कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली–२०८३ स्वीकृत गरेको छ ।
- बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा कामकाजमा खटाउने निर्णय गरेको छ ।
- यस्तै, योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक, सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्र स्वीकृत गर्ने, विनियोजन ऐन, २०८२ को बाधा अड्काउ फुकाउने र जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ ।
काठमाडौँ । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले विभिन्न ६ निर्णय गरेको छ । आज बिहान बसेको बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने, योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्र उपर सैद्धान्तिक स्वीकृति गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमा सम्बन्धी अवधारणापत्रको सैद्धान्तिक स्वीकृति गर्ने, कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण