रास्वपा हेटौंडाको सभापतिमा श्रेष्ठ
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौँडा उपमहानगरपालिका नगर समितिको सभापतिमा महेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
पार्टी विधानअनुसार सभापति पदमा निर्वाचित हुन कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्ने व्यवस्था अनुसार २ चरणमा निर्वाचन गरेर रास्वपाले नगर सभापति चयन गरेको हो ।
गत आइतबार भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेपछि पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीच सोमबार पुनः मतदान गरिएको रास्वपा मकवानपुरकी संगठन विभाग प्रमुख शान्ति थापा बिडारीले बताइन् । उनका अनुसार पुनः मतदानमा श्रेष्ठले १७३ मत प्राप्त गर्दै विजयी भएका थिए भने उनका प्रतिस्पर्धी ध्रुव विष्टले ११९ मत प्राप्त गरेका थिए ।
त्यस्तै नगर उपसभापतिमा सागर लामिछाने, सचिवमा प्रेम लामिछाने तथा सह–सचिवमा नरहरी चौलागाईं निर्वाचित भएका छन् ।
हेटौंडा नगर समितिमा ४ पदाधिकारी र १५ सदस्यसहित १९ सदस्यीय कार्यसमिति रहनेछ । पार्टी विधानअनुसार थप दुई सदस्य भने सभापतिले पछि मनोनयन गर्ने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण