आर्थिक सर्वेक्षण
फागुनसम्म सङ्घीय राजश्व ३.२ प्रतिशतले वृद्धि
बुधबार, १३ जेठ २०८३, १३ : ३३
सारांश
- चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजश्व ३.२ प्रतिशतले बढेको छ ।
- आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सङ्घीय खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्चमा सुधार नभएको बताए ।
- यस अवधिमा ३ खर्ब सार्वजनिक ऋण परिचालन गरिएको छ भने सरकारको वित्त सन्तुलन ५८ अर्ब र प्राथमिक सन्तुलन ९ अर्ब घाटामा रहेका छन् ।
काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजश्व ३.२ प्रतिशतले बढेको छ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
उनले सङ्घीय खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्च उल्लेख्य सुधार हुन नसकेको बताए । उनले भने, ‘यस अवधिमा आन्तरिक र बाह्य ऋण गरी ३ खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ । सरकारको वित्त सन्तुलन ५८ अर्ब र प्राथमिक सन्तुलन ९ अर्ब घाटामा रहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण