तरकारी बीउमा परनिर्भरता कायमै : स्वदेशी उत्पादनले २३.५ प्रतिशत मात्र माग धान्ने
सारांश
- नेपालमा तरकारी खेतीको क्षेत्रफल बढे पनि बीउमा परनिर्भरता उच्च रहेको आर्थिक सर्वेक्षण २०८२/८३ ले देखाएको छ ।
- आर्थिक सर्वेक्षण अनुसार, नेपालमा तरकारी खेतीका लागि आवश्यक २,९८० टन बीउमध्ये २३.५ प्रतिशत मात्र स्वदेशी उत्पादनले धान्छ ।
- चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म सरकारीस्तरबाट २५ लाख बेर्ना उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो ।
काठमाडौंँ । नेपालमा तरकारी खेतीको क्षेत्रफल विस्तार भए पनि र बीउमा भने अझै परनिर्भरता उच्च रहेको देखिएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार तरकारीको बीउमा परनिर्भरता रहेको पाइएको हो ।
आर्थिक सर्वेक्षण अनुसार देशभर ३ लाख ३२ हजार १३० हेक्टरमा हुने तरकारी खेतीका लागि वार्षिक २ हजार ९ सय ८० टन तररकारीको विउ आवश्यक पर्दछ । यसको जम्मा २३.५ प्रतिशत मत्रै स्वदेशी उत्पादनले थेग्ने सर्वेक्षणमा उल्लेख छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म सरकारीस्तरबाट विभिन्न मौसमी तरकारी बालीका बेर्नाहरू २५ लाखको सङ्ख्यामा उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४३ लाख ५ हजार बेर्ना उत्पादन भएकोमा चालु आर्थिक वर्ष ४० लाख बेर्ना उत्पादन हुने अनुमान छ ।
फागुनसम्म सरकारी फार्म केन्द्रहरूमा विभिन्न तरकारी बालीको ९६९ किलोग्राम बीउ उत्पादन भएको छ । गत आर्थिक वर्षमा सरकारी फार्म केन्द्रमा २ हजार ५ सय ७ के.जी.बीउ उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २ हजार ५ सय ८७ के.जी.बीउ उत्पादन हुने अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण