‘इरानमाथिको हमलाले विश्वव्यापी भोकमरी निम्त्यायो’
सारांश
- संयुक्त राष्ट्रसंघका अनुसार अमेरिका र इजरायलले इरानमाथि गरेको हमलाले विश्वव्यापी भोकमरीलाई ऐतिहासिक स्तरमा पुर्याएको छ ।
- विश्व खाद्य कार्यक्रमका अनुसार विश्वभर ३६३ मिलियन मानिस तीव्र खाद्य संकटको जोखिममा छन्, जसमध्ये मध्यपूर्वमा द्वन्द्व र तेल मूल्यवृद्धिका कारण ४५ मिलियन प्रभावित छन् ।
- दातृ सहयोगमा आएको भारी कटौतीले गर्दा सहायता संगठनहरूले 'भोकाहरूबाट लिएर अत्यन्त भोकाएकालाई दिनुपर्ने अवस्था' आएको बताएका छन् ।
काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथिको गरेको हमलाले विश्वव्यापी भोकमरीलाई ऐतिहासिक स्तरमा पुर्याएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार विश्वभर ३६३ मिलियन मानिस तीव्र खाद्य संकटको जोखिममा छन्, जसमा ४५ मिलियन मध्यपूर्वमा जारी द्वन्द्व र त्यसबाट उत्पन्न तेल मूल्यवृद्धिका कारण प्रभावित छन् ।
कार्यक्रमका कार्यवाहक प्रमुख कार्ल स्काउले सहायता कोषमा आएको ठुलो कटौतीका कारण संगठनले ‘भोकाहरूबाट लिएर अत्यन्त भोकाएकालाई दिनुपर्ने अवस्था’ आएको बताएका छन् ।
उनका अनुसार पछिल्लो वर्ष मात्र दातृ सहयोग एक तिहाइले घटेको छ, जसमा सबैभन्दा ठुलो दाता अमेरिका हो, जसको योगदान आधाभन्दा बढीले घटेको छ ।
इरानसँगको युद्धका कारण होर्मुज जलसन्धि बन्द हुनु र तेल मूल्य बढ्नुले खाद्य तथा यातायात खर्च दुवै बढाएको छ । यसले खाद्य आपूर्ति मात्र होइन, सहायता वितरण प्रणालीलाई पनि प्रभावित गरेको छ ।
स्काउका अनुसार सन् २०२५ मा गाजा र सुडानमा अनिकाल घोषणा गरिएको थियो, जुन दशकौँमा पहिलो पटक भएको घटना हो । हाल विश्वमा ३० करोडभन्दा बढी मानिस पहिले नै तीव्र भोकमरीमा थिए। तेल मूल्य १०० डलरभन्दा माथि रहँदा थप ४५ मिलियन मानिस जोखिममा पर्ने अनुमान गरिएको थियो ।
खाद्य सहायता ढुवानीमा पनि ठुलो समस्या देखिएको छ । अफगानिस्तानका लागि पठाइएको ८५ हजार टन खाद्य सामग्री महिनौँदेखि सीमामा रोकिएको, पुनः मार्ग परिवर्तन गर्दै टर्की र क्यास्पियन सागर हुँदै पठाउनुपरेको उल्लेख छ ।
सहयोग कोष पनि तीव्र रूपमा घटेको छ—सन् २०२४ मा ९.८ अर्ब डलरबाट २०२५ मा ६.५ अर्ब डलरमा झरेको छ । यसैबीच विश्वभरका सहायता आवश्यकताहरू भने १३ अर्ब डलरसम्म पुगेका छन् ।
विशेषज्ञहरूका अनुसार इरान युद्धका कारण रासायनिक मल आपूर्ति शृङ्खला पनि प्रभावित भएकाले आगामी महिनाहरूमा अफ्रिका र अन्य कमजोर क्षेत्रहरूमा कृषि उत्पादन घट्ने र भोकमरी अझ बढ्ने जोखिम छ ।
विश्व खाद्य कार्यक्रमले अहिलेको अवस्था ‘अत्यन्त गम्भीर र ऐतिहासिक स्तरको भोकमरी सङ्कट’ भएको चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण