केरुङ–काठमाडौँ रेलमार्गको ९० प्रतिशत सर्भे सम्पन्न
सारांश
- नेपाल र चीन जोड्ने केरुङ–काठमाडौँ रेलमार्गको भौगर्भिक अन्वेषण कार्य ९० प्रतिशत सम्पन्न भएको छ ।
- पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–निजगढ खण्डमा ६८.६ किलोमिटर ट्रयाकबेड र १६ वटा पुल निर्माण सम्पन्न भएको छ ।
- जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको ५२ किलोमिटर खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालनमा छ भने बथनाहा–विराटनगर खण्डको १० किलोमिटरमा रेलमार्ग निर्माण भएको छ ।
काठमाडौँ । नेपालमा रेल पूर्वाधार निर्माण र सम्भाव्यता अध्ययनको कार्यले गति लिएको छ ।
सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार पूर्व–पश्चिम विद्युतीय रेलमार्गदेखि छिमेकी मुलुक चीनसँग जोड्ने अन्तरदेशीय रेलमार्गमा प्रगति देखिएको छ ।
नेपाल र चीन जोड्ने अन्तरदेशीय रेलमार्ग अन्तर्गत केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन कार्य अघि बढेको छ । यस आयोजनाको भौगर्भिक अन्वेषण को कार्य हालसम्म करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ ।
मुलुकको गौरवको आयोजनाका रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास–निजगढ ८२ किलोमिटर खण्डमध्ये बर्दिबासदेखि चोचा खण्डसम्म कुल ६८.६ किलोमिटर ट्रयाकबेड निर्माण कार्य सम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ । यसै खण्डमा हालसम्म १६ वटा रेल पुलहरूको निर्माण कार्य सम्पन्न भइसकेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै नेपाल र भारत जोड्ने जयनगर–जनकपुर–बर्दिबास ६९ किलोमिटर रेलमार्ग अन्तर्गत जयनगरदेखि भंगाहासम्मको ५२ किलोमिटर खण्डमा अहिले नियमित रूपमा यात्रुवाहक रेल सेवा सञ्चालनमा रहेको छ । बाँकी १७ किलोमिटर भंगाहा–बर्दिबास खण्डका लागि जग्गा अधिग्रहणको कार्य अन्तिम चरणमा पुगेको छ ।
यसैगरी बथनाहा–विराटनगर १८ किलोमिटर रेलमार्गमध्ये १० किलोमिटर खण्डमा रेलमार्ग निर्माण भइसकेको छ । भारतको बथनाहादेखि नेपालको कस्टम यार्ड (८ किलोमिटर) सम्म अहिले कार्गो रेल सेवा नियमित रूपमा सञ्चालन भइरहेको सर्वेक्षणले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण