उद्योग क्षेत्रमा करिब ५ खर्बको लगानी स्वीकृत, पौने ८ लाख रोजगारी सिर्जना हुने अनुमान
सारांश
- चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा उद्योग विभाग र लगानी बोर्डमार्फत करिब ५ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।
- यससँगै २०८२ फागुनसम्म ११ हजार १४० उद्योग दर्ता भएका छन् र करिब ७ लाख ८५ हजार नागरिकले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ ।
- विदेशी लगानी सेवा क्षेत्रमा बढी केन्द्रित रहेको छ भने खनिज उद्योगमा आकर्षण कम देखिएको छ ।
काठमाडौँ । नेपालको उद्योग तथा लगानी क्षेत्रमा सकारात्मक सङ्केत देखिएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुधवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा मात्रै उद्योग विभाग र लगानी बोर्डमार्फत करिब ५ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।
अर्थमन्त्री वाग्लेका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म उद्योग विभागबाट ३ खर्ब ८९ अर्ब ७४ करोड र लगानी बोर्डबाट १ खर्ब २ अर्ब २६ करोड गरी कुल ४ खर्ब ९२ अर्ब बराबरको लगानी स्वीकृत भएको छ ।
२०८२ फागुनसम्म आइपुग्दा उद्योग क्षेत्रमा स्वीकृत भएको कुल लगानी ५४ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ ।
११ हजार बढी उद्योग दर्ता, पौने ८ लाखलाई रोजगारी
लगानी स्वीकृतिसँगै नयाँ उद्योग दर्ता हुने क्रम पनि बढेको छ । चालू आर्थिक वर्षको पहिलो ८ महिना (फागुनसम्म) उद्योग विभागमा ९२१ वटा नयाँ उद्योग दर्ता भएका छन् । यससँगै २०८२ फागुनसम्म दर्ता भएका कुल उद्योगको सख्या ११ हजार १४० पुगेको छ ।
दर्ता भएका उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आउँदा करिब ७ लाख ८५ हजार नागरिकले प्रत्यक्ष रोजगारी पाउने अनुमान सरकारले गरेको छ ।
विदेशी लगानी सेवा क्षेत्रमा केन्द्रित, खनिजमा आकर्षण कम
नेपालमा प्रत्यक्ष वैदेशिक लगानीतर्फ पनि प्रगति देखिएको छ । २०८२ फागुनसम्म उद्योग विभागमा कुल ७ हजार ९५१ परियोजनाका लागि ६ खर्ब २५ अर्ब ५८ करोड बराबरको विदेशी लगानी स्वीकृत भइसकेको छ ।
सर्वेक्षण अनुसार विदेशी लगानीकर्ताहरूको पहिलो रोजाइमा सेवा उद्योग परेको छ । कुल स्वीकृत वैदेशिक लगानीमध्ये सबैभन्दा बढी २८.३ प्रतिशत हिस्सा सेवा क्षेत्रले ओगटेको छ भने सबैभन्दा कम खनिज उद्योगमा जम्मा १।३ प्रतिशत मात्र लगानी स्वीकृत भएको छ ।
कम्पनी दर्ता पौने ४ लाख नजिक, प्राइभेट लिमिटेडको वर्चस्व
नेपालमा कम्पनी दर्ता गर्ने क्रम पनि उल्लेख्य छ । २०८२ फागुनसम्म दर्ता भएका कुल कम्पनीको सङ्ख्या ३ लाख ६९ हजार ६४६ पुगेको छ ।
दर्ता भएका कम्पनीहरूको प्रकृति हेर्दा निजी कम्पनीहरूको एकाधिकार देखिएको छ । कुल कम्पनीमध्ये ९७.५ प्रतिशत प्राइभेट रहेका छन् भने अन्य प्रकृतिका कम्पनीहरूको हिस्सा मात्र २.५ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण