नेपालमा ३६ वटा क्यासिनो, कति छन् तारे होटल ?
बुधबार, १३ जेठ २०८३, १४ : ३८
सारांश
- आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा २२२ वटा तारे होटल र १,३८३ वटा अन्य पर्यटक स्तरीय होटल तथा रिसोर्टहरू छन्।
- हाल मुलुकमा ३६ वटा क्यासिनो सञ्चालनमा रहेका छन्।
- नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले हालसम्म ३१,३३३ जनालाई तालिम प्रदान गरेको छ।
काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालमा होटल तथा क्यासिनोहरुको अवस्था देखाएको छ । तथ्याङ्क अनुसार हाल मुलुकमा तारे होटेलहरूको सङ्ख्या २२२ पुगेको छ भने अन्य पर्यटक स्तरीय डिलक्स, लक्जरी र हेरिटेज होटल तथा रिसोर्टहरूको सङ्ख्या १ हजार ३ सय ८३ पुगेको छ ।
यी होटलहरूमा तारे होटलतर्फ २१ हजार २१९ र अन्य होटलतर्फ ४२ हजार ९१५ शय्याहरू उपलब्ध छन् । व्यावसायिक सेवातर्फ ५ हजार ९९ ट्राभल एजेन्सी, ३ हजार ३ सय ३२ ट्रेकिङ एजेन्सी र ९८ र्याफ्टिङ एजेन्सीहरू दर्ता भएका छन् ।
क्यासिनोको सङ्ख्या ३६ पुगेको छ । यस क्षेत्रमा टुर, ट्रेकिङ र रिभर गाइड गरी ३३ हजारभन्दा बढी जनशक्ति क्रियाशील रहेका छन् ।
दक्ष जनशक्ति उत्पादनतर्फ नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले हालसम्म ३१ हजार ३ सय ३३ जनालाई तालिम दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण