बङ्गलादेशमा 'डोनाल्ड ट्रम्प' नाम दिइएको भैँसी जोगियो इदको बलिबाट, भाइरल भएपछि सरकारको हस्तक्षेप
सारांश
- बङ्गलादेशमा 'डोनाल्ड ट्रम्प' नाम दिइएको दुर्लभ सेतो भैँसीलाई इदको बलिबाट जोगाइएको छ ।
- सार्वजनिक चासो बढेपछि र सामाजिक सञ्जालमा भाइरल भएपछि सरकारले हस्तक्षेप गरी भैँसीलाई चिडियाखानामा स्थानान्तरण गर्ने आदेश दिएको छ ।
- भैँसीको टाउकोमा भएको पहेँलो रौँका कारण यसको नाम 'डोनाल्ड ट्रम्प' राखिएको थियो र यो एल्बिनो प्रजातिको दुर्लभ जनावर हो ।
ढाका । बङ्गलादेशमा ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको एक दुर्लभ सेतो (एल्बिनो) भैँसी अन्तिम क्षणमा इद अल–अजहाको बलिबाट जोगिएको छ । सार्वजनिक चासो अत्यधिक बढेपछि सरकारले हस्तक्षेप गरेको अधिकारीहरूले बताएका छन् ।
करिब ७०० किलो तौल भएको सो भैँसीलाई सुरुमा धार्मिक बलिका लागि बेचिएको थियो । तर भाइरल भएपछि भैंसीप्रतिचासो बढेपछि सुरक्षाको कारण देखाउँदै सरकारले त्यसलाई बचाउने निर्णय गरेको हो ।
बङ्गलादेशको गृह मन्त्रालयका एक अधिकारीका अनुसार गृह मन्त्री सलाहुद्दीन अहमदले भैँसीलाई बली दिई जीवित राख्ने, खरिदकर्तालाई पैसा फिर्ता गर्ने र यसलाई ढाका राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गर्ने आदेश दिएका छन् । अधिकारीले भने, ‘अत्यधिक सार्वजनिक चासो र सुरक्षा अवस्थाका कारण अन्तिम क्षणमा भैँसीलाई बलिदानबाट जोगाउने निर्णय गरिएको हो’ ।
सामाजिक सञ्जालमा उक्त भैँसीका भिडियोहरू भाइरल हुन थालेपछि यसलाई किनेका किसानको फार्ममा ठुलो भीड जम्मा हुन थाल्यो र मानिसहरू टाढा टाढाबाट त्यसलाई हेर्न आउन थाले ।
फार्म मालिक जियाउद्दीन मृधाले बताए अनुसार भैँसीलाई ‘डोनाल्ड ट्रम्प’ उनको भाइले दिएका थिए । भैँसीको टाउकोमा भएको पहेँलो रौँलाई उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखे । बङ्गलादेशमा एल्बिनो भैँसी अत्यन्त दुर्लभ मानिन्छ । अधिकांश भैँसी कालो रङका हुने भएकाले यस्तो जनावर इदको समयमा अझै बढी ध्यानाकर्षणको केन्द्र बनेको थियो । तर अन्ततः यसको नाम र सामाजिक सञ्जालमा लोकप्रियताले यसको जीवन बचायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण