बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

अमेरिकी उच्च अधिकारीसँग परराष्ट्रमन्त्रीको टेलिफोन संवाद

बिहीबार, १४ जेठ २०८३, २० : ०५
बिहीबार, १४ जेठ २०८३

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिला सम्बन्धी उपविदेश सचिव एलिसन हुकरबिच बिहीबार टेलिफोन संवाद भएको छ।
  • उपविदेश सचिव हुकरले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा मन्त्री खनाललाई बधाई दिएकी छिन्।
  • मन्त्री खनालले सुशासन, पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानीमार्फत आर्थिक वृद्धि हासिल गर्ने नेपाल सरकारको प्राथमिकताबारे जानकारी गराएका थिए।

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिला सम्बन्धी उपविदेश सचिव एलिसन हुकरबिच बिहीबार टेलिफोन संवाद भएको छ।

जेठ १६ गते अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिक सम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स नेपाल भ्रमणमा आउन लागेको बेला दुई जनाको बिचमा कुराकानी भएको हो।

संवादका क्रममा उपविदेश सचिव हुकरले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा मन्त्री खनाललाई बधाई दिएकी छिन्। 

मन्त्री खनालले नेपालको समग्र विकासमा निरन्तर सहयोग गरिरहेकोमा नेपाल सरकारका तर्फबाट अमेरिकी सरकारप्रति आभार प्रकट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

संवादका क्रममा मन्त्री खनालले सुशासन तथा पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानीमार्फत आर्थिक वृद्धि हासिल गर्ने नेपाल सरकारको प्राथमिकताबारे जानकारी गराएका थिए।

उपविदेश सचिव हुकरले नेपालसँग अमेरिका सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले अघि सारेको राष्ट्रिय विकासको प्राथमिकताको प्रशंसा गरिन्। 

दुवै पक्षबिच नेपाल र अमेरिकाबिच रहेको आठ दशक लामो सहकार्यपूर्ण सम्बन्धका बारेमा पनि छलफल भएको थियो। साथै आपसी हितका लागि द्विपक्षीय तथा बहुपक्षीय तहमा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पुनः व्यक्त गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप