गुडिरहेको बसभित्रै युवतीको सुनको सिक्री लुट्ने चार जना पक्राउ
सारांश
- गुडिरहेको बसभित्रै युवतीको सुनको सिक्री लुट्ने चार जनालाई प्रहरीले सिक्रीसहित पक्राउ गरेको छ।
- प्रहरीले ललितपुरको सानेपास्थित रिङरोड सडक खण्डमा उक्त बसलाई रोकेर खानतलासी गर्दा लुटिएको सिक्रीसहित चार जनालाई रङ्गेहात नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका चार जनाको साथबाट १ तोला ९ लाल परिमाणको एक थान सुनको सिक्री बरामद गरिएको छ।
ललितपुर । कोटेश्वर हुँदै बल्खुतर्फ जाँदै गरेको गुडिरहेको बसभित्रै एक युवतीको सुनको सिक्री लुट्ने चार जना लुटेरालाई प्रहरीले सिक्रीसहित पक्राउ गरेको छ।
गत जेठ १३ गते बेलुका बसभित्रै युवतीको घाँटीमा लगाएको सुनको सिक्री चुँडालेर लुटपाट भएको सूचना प्राप्त हुनासाथ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी परिसर ललितपुर तथा मातहतको प्रहरी प्रभाग सानेपाबाट प्रहरी टोली परिचालित भएको थियो। प्रहरी टोलीले ललितपुरको सानेपास्थित रिङरोड सडक खण्डमा उक्त बसलाई रोकेर सवार यात्रीहरूको खानतलासी गरेको थियो।
त्यसक्रममा लुटिएको सुनको सिक्रीसहित लुटपाटमा संलग्न चार जनालाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ परेका व्यक्तिहरूको पुराना अभिलेख हेर्दा उनीहरू यसभन्दा अगाडि पनि चोरी मुद्दामा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपालञ्चोक जिल्ला लिशंखुपाखर गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँको बौद्ध बस्ने २९ वर्षीय जनक तामाङ र सोही ठाउँ स्थायी घर भई हाल कलङ्की बस्ने ३० वर्षीय साइमन भन्ने मन कुमार तामाङ रहेका छन्। यसैगरी ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल हरिसिद्धी बस्ने २५ वर्षीय उमेश मुक्तान र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ७ स्थायी घर भई हाल हरिहरभवन बस्ने ३० वर्षीय अर्जुन तामाङ पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट लुटपाट भएको १ तोला ९ लाल परिमाणको एक थान सुनको सिक्री बरामद गरेको छ। पक्राउ परेका चारै जनालाई हाल जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण