फिलिपिन्सको हिरासतमा रहेका ६४ जना चिनियाँ नागरिक रिहा : चिनियाँ दूतावास
काठमाडौँ । फिलिपिन्सका अधिकारीहरूले हिरासतमा लिएका ६४ जना चिनियाँ नागरिकलाई बिहीबार रिहा गरिइएको फिलिपिन्स स्थित चिनियाँ दूतावासले जनाएको छ । अन्य छ जनाको रिहाइ प्रक्रिया भइरहेको र छिटै रिहा गर्ने उल्लेख गर्दै दूतावासले विज्ञप्ति जारी गरेको छ ।
दक्षिणी फिलिपिन्सको मिसामिस ओरिएन्टल प्रान्तको “स्टिल प्लान्ट” मा काम गरिरहेका चिनियाँ नागरिकलाई मे –१५ मा फिलिपिन्सका कानून अधिकारीहरूले हिरासतमा लिएका थिए ।
फिलिपिन्सको न्यायलयले चिनियाँ नागरिकहरूले फिलिपिन्सको आणविक सुरक्षा ऐन, अध्यागमन ऐन र श्रम संहिता उल्लङ्घन गरेको प्रमाणीत हुने अपर्याप्त प्रमाण नभएको उल्लेख गर्दै उनीहरूलाई रिहा गर्न आदेश दिएको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।
चिनियाँ दूतावासले यो विषयलाई विशेष महत्वका साथ लिएको बताएको छ । यसले फिलिपिन्सका सम्बन्धित अधिकारीहरूसँग निष्पक्ष, द्रुत र कानुनी समाधान तथा चिनियाँ नागरिकको अधिकारको पूर्ण संरक्षणको माग गरेको जनाइएको छ ।
दूतावासले फिलिपिन्समा चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षा तथा अधिकारको रक्षा जारी राख्ने प्रतिवद्धता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई कानून र नियमहरूको कडाईका साथ पालना गर्न सुझाव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण