अपार्टमेन्टमा ड्रोन आक्रमण : युद्ध सुरु भएयताकै ‘सबैभन्दा गम्भीर’ घटना
सारांश
- रोमानियाका राष्ट्रपति निकुसर डानले रूस-युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा गम्भीर घटनाको रूपमा आफ्नो देशको भूमिमा भएको ड्रोन घटनालाई व्याख्या गरेका छन् ।
- यस घटनापछि राष्ट्रिय रक्षा परिषद्को आपतकालीन बैठक बोलाइएको छ, जसले अनुपातिक उपायहरूसम्बन्धी निर्णय गर्नेछ ।
- राष्ट्रपति डानले यस घटनाको पूर्ण जिम्मेवारी रूसी सङ्घको भएको घोषणा गरेका छन् र सहयोगी राष्ट्रहरूसँग थप एन्टी-ड्रोन क्षमताहरूको लागि अनुरोध गरेका छन् ।
काठमाडौँ। रोमानियाका राष्ट्रपति निकुसर डानले आफ्नो देशको भूमिमा हालै भएको ड्रोन घटनालाई रूस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा गम्भीर घटनाका रूपमा व्याख्या गरेका छन् ।
उनका अनुसार यो घटनापछि राष्ट्रिय रक्षा परिषद्को आपतकालीन बैठक बोलाइएको छ । जसले अनुपातिक उपायहरूसम्बन्धी निर्णय गर्नेछ । बैठक स्थानीय समयअनुसार बिहान ११ बजे तय गरिएको छ ।
‘म अत्यन्त दृढताका साथ घोषणा गर्दछु कि यस घटनाको पूर्ण जिम्मेवारी रूसी सङ्घको हो,’ राष्ट्रपति डानले माइक्रो ब्लगिङ वेबसाइट एक्समा भनेका छन् । घटनापछि रोमानियाली हवाई क्षेत्रमा ड्रोन देखिएपछि दुई वटा एफ–१६ फाइटिङ फल्कन लडाकु विमान परिचालन गरिएको थियो ।
राष्ट्रपतिका अनुसार नागरिक सुरक्षालाई जोखिममा पार्ने अवस्था हुन सक्ने भएकाले तत्कालै ड्रोन नष्ट गर्ने अनुकूल अवस्था थिएन । सहयोगी राष्ट्रहरूबाट थप एन्टी–ड्रोन क्षमताहरू तैनाथ गर्न औपचारिक रूपमा अनुरोध गरेको पनि उनले बताए । यस घटनाको बारेमा रूसले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण