माछापुच्छ्रे गाउँपालिकाद्वारा उत्कृष्ट छात्रा सम्मानित
सारांश
- माछापुच्छ्रे गाउँपालिकाले एसइइमा उत्कृष्ट नतिजा ल्याउने छात्रा शोभा गौतमलाई सम्मान गर्यो।
- छात्रा गौतमलाई रु ५० हजार नगद र सम्मानपत्र प्रदान गरियो।
- गाउँपालिकाले उत्कृष्ट विद्यार्थीलाई आगामी वर्षहरूमा पनि सम्मान गर्ने जनायो।
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा सामुदायिक विद्यालयतर्फबाट पहिलो पटक चार जिपिए ल्याउने छात्रालाई नगदसहित सम्मान गरेको छ ।
गाउँपालिकाले शुक्रबार आयोजित कार्यक्रममा सार्दिखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयकी छात्रा शोभा गौतमलाई रु ५० हजार नगद र सम्मान पत्र प्रदान गरेको हो । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये पहिलो पटक चार जिपिए ल्याउने विद्यार्थीका रूपमा गौतमले यो सफलता हासिल गरेकी हुन् । गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ र प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले उहाँलाई संयुक्त रूपमा सम्मान गरे ।
सम्मानपछि छात्रा गौतमले आफ्नो सफलतामा व्यक्तिगत मेहनत, शिक्षकहरूको मार्गदर्शन, परिवारको साथ तथा गाउँपालिकाको प्रोत्साहनको महत्त्वपूर्ण भूमिका रहेको बताइन् । निरन्तर परिश्रम, अनुशासन र सकारात्मक वातावरणले सफलता सम्भव हुन्छ भन्ने अनुभव प्राप्त गरेको उनको भनाइ थियो । गाउँपालिकाका अध्यक्ष गुरुङले गाउँपालिकाबाट एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आगामी वर्षहरूमा पनि नगदसहित सम्मान गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण