गर्मीमा अत्यधिक डियो र रोल–अन प्रयोग कत्तिको हानिकार ?
सारांश
- गर्मीमा पसिना र दुर्गन्धबाट बच्न प्रयोग गरिने डियो र रोल-अनले पसिना ग्रन्थी बन्द गरी छाला कालो हुने, एलर्जी हुने र प्राकृतिक प्रक्रियामा बाधा पुर्याउने जस्ता समस्या निम्त्याउन सक्छन् ।
- डियोडरन्टले दुर्गन्ध लुकाउँछ भने एन्टिपर्सपिरन्टले एल्युमिनियम कम्पाउन्ड प्रयोग गरी पसिना आउन रोक्छ ।
- सुरक्षित रहन एल्युमिनियम र प्याराबेन-रहित उत्पादन प्रयोग गर्ने, फिटकिरी वा टि-ट्री आयल जस्ता प्राकृतिक उपाय अपनाउन सकिन्छ ।
काठमाडौँ । गर्मी बढेसँगै पसिना र शरीरको दुर्गन्धबाट बच्नका लागि डियोडरन्ट र रोल–अन हाम्रो दैनिक जीवनको हिस्सा बनिसकेका छन् । बजारमा पाइने धेरै उत्पादनहरूले २४ देखि ४८ घण्टासम्म पसिना रोक्ने दाबी गर्छन् ।
धेरै मानिसहरूले सोचविचार नगरी अन्डरआम्र्समा यस्ता उत्पादन प्रयोग गर्ने गर्छन् । तर के यसरी जबरजस्ती पसिना रोक्नु सुरक्षित हुन्छ ? पसिना रोक्नु शरीरको प्राकृतिक कूलिङ सिस्टम र छालाको स्वास्थ्यसँग खेलवाड गर्नुजस्तै भएको डाक्टरहरू भन्छन् । आजको यस लेखमा हामी अन्डरआम्र्स ब्लक गर्दा हुने असरबारे कुराकानी गर्नेछौं ।
डियो र एन्टिपर्सपिरन्टबिचको फरक
सबैभन्दा पहिले डियोडरन्ट र एन्टिपर्सपिरन्टबीचको फरक बुझ्न आवश्यक छ । सामान्य डियोडरन्टले केवल पसिनाको दुर्गन्ध लुकाउने काम गर्छ । तर पसिना नै आउन नदिने रोल–अन वा स्प्रेहरूलाई एन्टिपर्सपिरन्ट भनिन्छ । यी उत्पादनहरूमा एल्युमिनियम कम्पाउन्ड र जिरकोनियमजस्ता तत्व प्रयोग गरिन्छ । अन्डरआम्र्समा लगाउँदा यी तत्त्वहरूले पसिना निकाल्ने ग्रन्थीको मुख बन्द गरिदिन्छन् । परिणामस्वरूप पसिना बाहिर निस्कन पाउँदैन र छाला सुख्खा देखिन्छ ।
अन्डरआम्र्स ब्लक गर्दा हुने ४ ठुला साइड इफेक्ट
१. पसिना ग्रन्थि ब्लक हुने समस्या
पसिना बाहिर निस्कन नपाउँदा ग्रन्थिभित्रै जम्न थाल्छ । यसले अन्डरआम्र्समा दुख्ने गाँठा, पिप जमेका भएका फोका वा सिस्ट बन्न सक्छ ।
२. अन्डरआम्र्स कालो हुने समस्या
रोल–अन र डियोमा रहेका एल्युमिनियम, अल्कोहल र कृत्रिम सुगन्धले छालामा लगातार रासायनिक जलन पैदा गर्छन् । यसले छाला बिस्तारै कालो हुँदै जान सक्छ ।
३. एलर्जी र डर्मेटाइटिस
प्याराबेन्स र प्रोपिलिन ग्लाइकोलजस्ता प्रिजर्भेटिभहरूले संवेदनशील छालामा रातो दाग, चिलाउने र पोल्ने समस्या उत्पन्न गर्न सक्छन् ।
४. छालाको प्राकृतिक प्रक्रिया प्रभावित हुनु
पसिना शरीरको तापक्रम नियन्त्रण र केही विषाक्त पदार्थ बाहिर निकाल्ने प्राकृतिक प्रक्रिया हो । पोर्स पूर्ण रूपमा बन्द हुँदा छालाको स्वाभाविक सास फेर्ने क्षमता प्रभावित हुन सक्छ ।
- कसरी सुरक्षित रहने ?
गर्मीमा सरसफाइ र स्वास्थ्यको ख्याल राख्नु दुवै आवश्यक छ । त्यसका लागि यी उपाय अपनाउन सकिन्छ:
- एल्युमिनियम–रहित र प्याराबेन–रहित डियो वा रोल–अनको प्रयोग गर्ने
- फिटकरी प्रयोग गर्ने । यो प्राकृतिक एन्टिब्याक्टेरियल एजेन्ट हो
- नुहाएपछि भिजेको अन्डरआम्र्समा हल्का फिटकरी दल्दा दुर्गन्ध कम हुन्छ
- टि–ट्री आयलको केही थोपा पानीमा मिसाएर प्रयोग गर्न सकिन्छ, जसले ब्याक्टेरिया नष्ट गर्न मद्दत गर्छ
(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण