प्रलोपा महाधिवेशन सचिवालयको विस्तारित बैठक बस्दै, ९ एजेन्डा तय
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय महाधिवेशन सचिवालयको विस्तारित बैठक आज ललितपुरको कुपोन्डोलमा बस्दैछ।
- बैठकमा सहिदहरूप्रति सम्मान, पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, पार्टी संगठनसम्बन्धी प्रस्ताव, एकता महाधिवेशनको तयारी, संगठन निर्माण, सदस्यता वितरण र प्रतिनिधि छनोटलगायत ९ एजेन्डामा छलफल हुनेछ।
- यसका साथै प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन, आयोजक समितिमा सदस्य थप, वामपन्थी तथा समाजवादी-लोकतान्त्रिक शक्तिसँग संवाद र एकताका लागि समिति निर्माण तथा आगामी अभियान सञ्चालनका विषयमा पनि छलफल गरिनेछ।
ललितपुर। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय महाधिवेशन सचिवालयको विस्तारित बैठक आज ललितपुरको कुपोन्डोलमा बस्ने भएको छ ।
प्रलोपा अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारको अध्यक्षतामा बिहान ११ बजे बस्ने बैठकका लागि ९ एजेन्डा तय गरिएको छ ।
बैठकमा सहिदहरूप्रति सम्मान, सम्झना र संकल्प व्यक्त गरिने एजेन्डाकासाथै पछिल्लो नेपाली राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीको आगामी कार्यभार तय गरिनेछ । त्यसैगरी, पार्टी संगठनसम्बन्धी विशेष प्रस्ताव, प्रलोपाको पहिलो एकता महाधिवेशनको तयारी, संगठन निर्माण, सदस्यता वितरण र महाधिवेशन प्रतिनिधि छनोटका विषयमा पनि बैठकमा छलफल हुने परियारले बताए ।
बैठकले प्रदेश र जिल्ला तहमा पार्टी प्रशिक्षण सञ्चालन गर्ने, महाधिवेशन आयोजक समितिमा सदस्यहरू थप गर्ने र विचार मिल्ने वामपन्थी, समाजवादी-लोकतान्त्रिक शक्ति तथा समूहहरूसँग संवाद, एकता र ध्रुवीकरणका लागि एक संवाद समिति निर्माण गर्ने एजेन्डा राखेको छ । यसका साथै विविध अन्तर्गत आगामी अभियान सञ्चालनका विषयमा समेत आजै छलफल हुनेछ ।
यसअघि बैशाख ११ र १२ गते काठमाडौंमा सम्पन्न पार्टी केन्द्रीय कमिटीको विस्तारित बैठकको निर्णयअनुसार बैशाख २४ गते बसेको अध्यक्ष परिषद्को बैठकले सचिवालय निर्माण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण