आईपीएल फाइनल : वासिङ्टन सुन्दरको अर्धशतकको मद्दतमा गुजरातले दियो १५६ रनको लक्ष्य
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल भिडन्तमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स ब्याङ्गलोरलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातको सुरुवात राम्रो हुन नसके पनि वासिङ्टन सुन्दरको उत्कृष्ट पारीको मद्दतले टोलीले सम्मानजनक स्कोर खडा गरेको हो ।
गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनायो । टोलीका लागि सुन्दरले नटआउट रहँदै ५० रनको अर्धशतकीय पारी खेले ।
गुजरातका कप्तान शुभमन गिल १२ रन र साई सुदर्शन १० रनमै पेभेलियन फर्किएपछि टोली दबाबमा परेको थियो । त्यसपछि ब्याटिङमा आएका निशान्त सिन्धुले २० रन, जोस बटलरले १९ रन, अरशद खानले १५ रन र राहुल तेवतियाले ७ रन बनाए पनि कसैले ठुलो पारी खेल्न सकेनन् ।
ब्याङ्गलोरका बलरहरूले कसिलो बलिङ गर्ने क्रममा रसिख सलामले सबैभन्दा बढी ३ विकेट लिएका छन्। त्यसैगरी भुवनेश्वर कुमार र जोश हेजलवुडले समान २–२ विकेट लिएर गुजरातको रन गतिलाई रोक्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
टोलीले अब केही बेरमा १५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण