राजनीति
कांग्रेसले गठन गर्यो संसदीय दलको कार्यसमिति
सोमबार, १८ जेठ २०८३, ११ : १०
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति गठन गरेको छ ।
- कार्यसमितिको प्रमुखमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, उपप्रमुखमा अभिषेक प्रताप शाह, कोषाध्यक्षमा डा. शाहजान खातुन र सदस्य सचिवमा मदन कृष्ण श्रेष्ठ मनोनीत भएका छन् ।
- १२ सदस्यीय कार्यसमितिमा ६ जना सदस्य मनोनीत भएका छन् र २ सदस्य मनोनयन गर्न बाँकी छ ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति गठन गरेको छ । संसदीय दलको कार्यसमितिको प्रमुख संसदीय दलका नेता भीष्मराज आङ्देम्बे बनेका छन् । उपप्रमुखमा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह तोकिएका छन् ।
कोषाध्यक्षमा डा. शाहजान खातुन र कार्यसमितिको सदस्य सचिवमा मदन कृष्ण श्रेष्ठ मनोनीत भएका छन् ।
१२ सदस्यीय कार्यसमितिमा ६ जना सदस्य मनोनीत भएका छन् । कार्यसमिति सदस्यहरूमा पवित्रा विक, कालीबहादुर सहकारी, रुक्मिणीदेवी कोइराला, जयपति रोकाय, हरिनादेवी कामी र सुशीला ढकाल आचार्य मनोनीत भएका छन् ।
२ सदस्य मनोनयन गर्न बाँकी रहेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ । संसदीय दलको बैठक र सदनमा पार्टीको भूमिकालाई थप प्रभावकारी र व्यवस्थित बनाउन कार्यसमितिलाई पूर्णता दिएको कांग्रेस दलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण