राजनीति
सिंहदरबारमा सुरु भयो विपक्षी दलको बैठक
सोमबार, १८ जेठ २०८३, १२ : ४१
सारांश
- सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक सुरु भएको छ ।
- प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बसेको हो ।
- सभामुख डोलप्रसाद अर्यालले आइतबार राति विपक्षी दलहरूको बेल घेराउबिच प्रतिनिधि सभा नियमावली पारित गरेका थिए ।
काठमाडौँ । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक सुरु भएको छ ।
प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बसेको हो ।
सभामुख डोलप्रसाद अर्यालले आइतबार राति विपक्षी दलहरूको बेल घेराउबिच प्रतिनिधि सभा नियमावली पारित गरेका थिए । यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे आह्वान भएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा पेर गरेको आर्थिक वर्षको आय व्यय विवरण बजेटबारे छलफल गर्ने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण