बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
वैदेशिक रोजगार

वैदेशिक रोजगारीको पुनः श्रम स्वीकृति अब स्वचालित प्रणालीबाट

सोमबार, १८ जेठ २०८३, २० : १७
सोमबार, १८ जेठ २०८३

सारांश

  • वैदेशिक रोजगारीमा जाने श्रमिकले अब स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति पाउने भएका छन्।
  • वैदेशिक रोजगार विभागले कर्मचारीको संलग्नता बिना नै यो सुविधा लागू गरेको छ।
  • पुनः श्रम स्वीकृति लिन कम्तीमा ३ महिना म्याद भएको राहदानी, भिसा, करार सम्झौता, जीवन बीमा, सामाजिक सुरक्षा कोष र कल्याणकारी कोषमा रकम जम्मा गरेको रसिद अनिवार्य छ।

काठमाडौँ । वैदेशिक रोजगारीका लागि एउटै देश र सोही कम्पनीमा कामलाई निरन्तरता दिन चाहने श्रमिकहरूले अब स्वचालित (अटोमेटिक) प्रणालीबाटै पुनः श्रम स्वीकृति पाउने भएका छन् । वैदेशिक रोजगार विभागले यस्तो स्वीकृति जारी गर्न अबदेखि कर्मचारीको संलग्नता नपर्ने गरी स्वचालित व्यवस्था लागू गरेको हो । 

विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले यो निर्णय गरिएको जनाएको छ। हाल हरेक महिना करिब २० हजार श्रमिकले पुनः श्रम स्वीकृति लिने गरेका छन्। 

यो सुविधा प्राप्त गर्न श्रमिकले केही सर्तहरू भने पूरा गर्नुपर्नेछ। यसका लागि कम्तीमा ३ महिना म्याद बाँकी रहेको राहदानी (पासपोर्ट), वैध भिसा, करार सम्झौता, आवधिक जीवन बीमा हुनुपर्नेछ । साथै, सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको रसिद पनि अनिवार्य गरिएको विभागले जनाएको छ।

709587235_1528522912194366_242131093997335293_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप