इजरायल–हिजबुल्लाहबिच आंशिक युद्धविराम घोषणा
सारांश
- लेबनानले इजरायल र हिजबुल्लाहबीच आंशिक युद्धविरामको घोषणा गरेको छ, जसले द्वन्द्वलाई सीमित रूपमा कम गर्ने अपेक्षा गरिएको छ ।
- सम्झौताअनुसार इजरायलले बेरुत र हिजबुल्लाहको प्रभाव क्षेत्रमा हवाई आक्रमण गर्नेछैन भने हिजबुल्लाहले इजरायलमाथिका आक्रमण रोक्नेछ, तर दक्षिणी लेबनानमा संघर्ष जारी छ ।
- लेबनानले युद्धविरामलाई व्यापक बनाउने प्रयास गर्नेछ, तर इरानले इजरायली आक्रमण नरोकेसम्म कुनै शान्ति सम्झौता स्वीकार नगर्ने अडान लिएको छ ।
बेरुत । लेबनानले सोमबार इजरायल र हिजबुल्लाहबिच आंशिक युद्धविराम भएको घोषणा गरेको छ । यस कदमले हजारौँको ज्यान लिएको र व्यापक क्षेत्रीय तनाव बढाएको द्वन्द्वलाई सीमित रूपमा कम गर्ने अपेक्षा गरिएको छ । लेबनानअमेरिकी दूतावासका अनुसार यो सम्झौताले युद्ध पूर्ण रूपमा अन्त्य गर्दैन । सम्झौताअनुसार इजरायलले बेरुत र हिजबुल्लाहको प्रभाव क्षेत्र रहेका उपनगरहरूमा हवाई आक्रमण गर्नेछैन भने भने हिजबुल्लाहले इजरायलमाथिका आक्रमण रोक्नेछ ।
तर दक्षिणी लेबनानमा संघर्ष जारी रहेको बताइएको छ । मंगलबार बिहान इजरायलको सेनाले लेबनानबाट प्रहार गरिएका दुईवटा प्रोजेक्टाइल अवरोध गरेको र कुनै मानवीय क्षति नभएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक यो सम्झौताको घोषणा गर्दै हिजबुल्लाहले मध्यस्थकर्तामार्फत इजरायलमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाएको बताए । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले बेरुतमाथि सम्भावित आक्रमणका लागि तयारी अवस्थामा रहेका सैनिकहरूलाई पछि हटाउन सहमति जनाएको पनि उनले बताए ।
यद्यपि, नेतान्याहुले दक्षिणी लेबनानमा इजरायलको सैन्य अभियान जारी रहने स्पष्ट पारेका छन् । इजरायली स्थलसेना हाल जाहरानी नदीतर्फ अघि बढिरहेको छ, जुन पछिल्लो २५ वर्षयताकै सबैभन्दा गहिरो प्रवेश मानिएको छ । हिजबुल्लाहका सांसद हसन फदल्लाहले लेबनानभर पूर्ण युद्धविराम भएमा र इजरायली सेना फिर्ता भएमा समूहले त्यसलाई समर्थन गर्ने बताए । तर उनले इजरायलमाथिको आक्रमण तत्काल रोक्नेबारे स्पष्ट टिप्पणी गरेनन् ।
लेबनानले बुधबार वासिङ्टनमा हुने वार्तामा युद्धविरामलाई अझ व्यापक बनाउने प्रयास गर्ने जनाएको छ । सफल भएमा यसले तीन महिनादेखि जारी युद्ध अन्त्य गर्न नयाँ शान्ति पहलको बाटो खोल्न सक्छ । यसबीच इरानले लेबनानमाथिका इजरायली आक्रमण नरोकेसम्म कुनै पनि शान्ति सम्झौता स्वीकार नगर्ने अडान दोहोर्याएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले ‘अमेरिका–इरान युद्धविराम सबै मोर्चामा लागू हुन्छ, लेबनानमा पनि’ भन्ने प्रतिक्रिया दिएका छन् ।
सोमबार इरानी सरकारी सञ्चारमाध्यमहरूले इरानले अमेरिकासँगको अप्रत्यक्ष शान्ति वार्ता स्थगित गर्न सक्ने र अप्रिलदेखि कायम युद्धविरामसमेत अन्त्य हुन सक्ने चेतावनी दिएका थिए । तर यसको आधिकारिक पुष्टि भएको छैन । अर्काेतर्फ, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स कुड्स फोर्सका प्रमुख इस्माइल कानीले स्टेट अफ हार्मेुजपछि बाब अल–मान्डेब स्टेटसम्म नाकाबन्दी विस्तार गर्न सक्ने चेतावनी दिएका छन् । क्षेत्रीय तनाव बढ्दै गएपछि विश्व बजारमा तेलको मूल्य पनि प्रभावित भएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ४ प्रतिशतले बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण