बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रास्वपाले अधिवेशनका लागि पाँच प्रदेशमा तोक्यो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

मङ्गलबार, १९ जेठ २०८३, २० : ००
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पाँच प्रदेशमा अधिवेशनको तयारी स्वरूप केन्द्रीय प्रतिनिधि तोकेको छ।
  • आयोगको बैठकले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका लागि प्रतिनिधिहरू खटाएको छ।
  • सुदूरपश्चिम र कर्णाली प्रदेशका लागि भने आगामी बैठकमा छलफल गरी जिम्मेवारी तोकिनेछ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी प्रदेश अधिवेशनको तयारी स्वरूप पार्टीको केन्द्रीय निर्वाचन आयोगले पाँचवटा प्रदेशका लागि केन्द्रीय प्रतिनिधिहरूको जिम्मेवारी तोकेको छ। 

आयोगको मंगलबार बसेको बैठकले अधिवेशनको समन्वय, सहजीकरण र प्रदेश निर्वाचन आयोग गठन गर्ने पूर्ण जिम्मेवारीसहित केन्द्रीय सदस्यहरूलाई प्रदेशगत रूपमा खटाउने निर्णय गरेको हो । 

सोमबार बसेको रास्वपाको सचिवालय बैठकले आयोग प्रमुखमा भुवन केसीलाई मनोनयन गरेको थियो । प्रमुख पदमा मनोनयन भएसँगै केसीले आयोगको बैठक राखेका थिए ।

 आयोगको निर्णय अनुसार कोशी, मधेस, बागमती, गण्डकरी र लुम्बिनी प्रदेशको प्रतिनिधि टुंग्याएको छ । पार्टीले सुदूरपश्चिम र कर्णाली प्रदेशको हकमा भने आगामी बैठकमा छलफल गरी जिम्मेवारी तोकिने जानकारी दिएको छ। 

पार्टीले तोकिएका प्रतिनिधिहरूलाई सम्बन्धित प्रदेशका सभापतिहरूसँग आवश्यक समन्वय र सहकार्य गरी अधिवेशन तथा निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरू अगाडि बढाउन निर्देशन दिएको छ। 
कुन प्रदेशमा कसले पाए जिम्मेवारी ? 
कोशी प्रदेशः नारायण प्याकुरेल
मधेश प्रदेशः कुमार आनन्द मिश्र
बागमती प्रदेशः सुमित्रा पण्डित
गण्डकी प्रदेशः डा. राम गुरुङ
लुम्बिनी प्रदेशः गोकुल सापकोटा

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप