‘म प्रहरी हुँ’ भन्दै सर्वसाधारणलाई लुट्ने युवक पक्राउ
सारांश
- प्रहरीको नक्कली परिचय दिएर सर्वसाधारण र लागूऔषध दुव्र्यसनीहरूलाई प्रलोभनमा पारी, कुटपिट गरी रकम असुली गर्ने एक युवक पक्राउ परेका छन्।
- आफूलाई प्रहरी अधिकारी बताउने २४ वर्षीय साजन प्याकुरेललाई काठमाडौँको टोखा नगरपालिका–३, चण्डेश्वरीबाट प्रहरीले पक्राउ गरेको हो।
- सर्वसाधारणलाई डरत्रास देखाएर लुटपाट गर्ने र फोनमा गालीगलौज गर्ने गरेको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । प्रहरीको नक्कली परिचय दिएर लुटपाट र रकम असुली गर्ने एक युवकलाई काठमाडौँमा प्रहरीले पक्राउ गरेको छ।
आफूलाई प्रहरी अधिकारी बताएर सर्वसाधारण तथा लागूऔषध दुव्र्यसनीहरूलाई प्रलोभनमा पार्ने, कुटपिट गर्ने र रकम असुल गर्ने कार्यमा संलग्न नुवाकोटको तादी गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–३ बस्ने २४ वर्षीय साजन प्याकुरेल पक्राउ परेका हुन्।
काठमाडौँका विभिन्न स्थानमा सर्वसाधारणलाई डरत्रास देखाई लुटपाट गर्ने र विभिन्न व्यक्तिहरूलाई फोनमार्फत अपशब्द प्रयोग गरी गालीगलौज गर्ने गरेको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई सोमबार काठमाडौँको टोखा नगरपालिका–३, चण्डेश्वरीबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका प्याकुरेलमाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण