मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
न्यायालय

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा पेसी तोकियो

बुधबार, २० जेठ २०८३, १० : १४
बुधबार, २० जेठ २०८३

सारांश

  • संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ को वैधानिकतामाथि प्रश्न उठाउँदै दायर रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
  • अधिवक्ता गीता थापाले दायर गरेको रिट प्रधान न्यायाधीश डा‍।मनोजकुमार शर्मा, न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलासमा पेसी तोकिएको छ ।
  • यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले गत आइतबार उक्त अध्यादेशविरुद्ध दर्ता गर्न खोजिएको निवेदनको दरपिठ उपर परेको निवेदनलाई संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको हो ।

काठमाडौँ । सरकारले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ को वैधानिकतामाथि प्रश्न उठाउँदै दायर रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

अधिवक्ता गीता थापाले दायर गरेको रिट प्रधान न्यायाधीश डा‍।मनोजकुमार शर्मा, न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलासमा पेसी तोकिएको छ ।

यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले गत आइतबार उक्त अध्यादेशविरुद्ध दर्ता गर्न खोजिएको निवेदनको दरपिठ उपर परेको निवेदनलाई संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको हो ।

अधिवक्ता थापाले राष्ट्रपति कार्यालय शीतल निवास लगायतलाई विपक्षी बनाई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश नेपालको संविधानसँग बाझिएको दाबी गर्दै रिट दिएकी थिइन् । उक्त निवेदनलाई सर्वोच्चका रजिस्ट्रारले २०८३ वैशाख २५ गते दरपिठ गरिदिएका थिए । उक्त संबैधानिक अध्यादेश जारी गरेसँगै संबैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप