विश्वकपको पहिलो प्रशिक्षण सत्र : मेस्सीले एक्लै गरे अभ्यास
सारांश
- विश्वकपअघि बायाँ ह्यामस्ट्रिङको मांसपेशी थकानबाट पुनःस्थापना भइरहेका लियोनल मेसीले अर्जेन्टिनाको प्रशिक्षण शिविरमा पहिलो अभ्यास सत्रमा एक्लै प्रशिक्षण गरेका छन् ।
- हालको विश्वकप विजेता अर्जेन्टिनी फुटबल टिम यस सातादेखि विश्वकप तयारीका लागि अमेरिकामा भेला भएको छ ।
- मेसी मे २४ देखि बायाँ ह्यामस्ट्रिङमा मांसपेशी थकानको समस्याबाट गुज्रिरहेका छन्, तर अल्जेरिया विरुद्धको पहिलो खेलमा मैदान उत्रन उनी तयार हुने अपेक्षा गरिएको छ ।
काठमाडौँ । विश्वकपअघि बायाँ ह्यामस्ट्रिङको मांसपेशी थकानबाट पुनःस्थापना भइरहेका लियोनल मेसीले अमेरिकामा रहेको अर्जेन्टिनाको प्रशिक्षण शिविरमा भएको टोलीको पहिलो अभ्यास सत्रमा एक्लै प्रशिक्षण गरेका छन् ।
हालको विश्वकप विजेता अर्जेन्टिनी फुटबल टिम यस सातादेखि विश्वकप तयारीका लागि अमेरिकामा भेला भएको छ । टोलीले सोमबार अमेरिकाको क्यानसस सिटीमा प्रतियोगिताअघिको पहिलो प्रशिक्षण सत्र सम्पन्न गरेको थियो ।
इन्टर मियामीका कप्तान मेसी मे २४ देखि बायाँ ह्यामस्ट्रिङमा मांसपेशी थकानको समस्याबाट गुज्रिरहेका छन् । यद्यपि, जुन १६ मा क्यान्सस सिटीमै हुने अर्जेन्टिनाको पहिलो खेलमा अल्जेरिया विरुद्ध मैदान उत्रन उनी तयार हुने अपेक्षा गरिएको छ ।
अर्जेन्टिनाको फुटबल सङ्घले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सामान्य चोटपटक र शारीरिक समस्याबाट गुज्रिरहेका खेलाडीहरूले फिजियोथेरापी टोलीसँग मैदानमा विशेष अभ्यास जारी राखेका छन् र उनीहरूको अवस्थामा सकारात्मक सुधार देखिएको छ ।’
विश्व वरीयतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले विश्वकपअघि अन्तिम तयारी खेल जुन ९ आइसल्याण्ड विरुद्ध खेल्नेछ ।
दुई पटकका एमएलएस उत्कृष्ट खेलाडी (एमभीपी) तथा आठ पटकका बेलोन डि’योर विजेता मेस्सी आफ्नो कीर्तिमानी छैटौँ विश्वकप खेल्दैछन् । सन् २००५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेयता उनी अर्जेन्टिनाका लागि सबैभन्दा धेरै खेल (१९८) खेल्ने तथा सर्वाधिक गोल (११६) गर्ने खेलाडी बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण