नेदरल्याण्ड्स टुरको तयारीका लागि नेपाली क्रिकेट टोली जर्सी जाने
सारांश
- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि जर्सीको भ्रमण गर्ने भएको छ ।
- नेदरल्याण्ड्समा हुने त्रिकोणात्मक शृङ्खलाको तयारी स्वरूप नेपाली टोली जर्सी जानेछ ।
- जर्सी भ्रमणका क्रममा नेपाली टोलीले घरेलु टोली जर्सीसँग दुई वटा एक दिवसीय खेल खेल्ने तय भएको छ ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि जर्सीको भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी जुलाई २०२६ मा नेदरल्याण्ड्समा आयोजना हुने त्रिकोणात्मक शृङ्खलाको तयारी स्वरूप नेपाली टोली जर्सी जान लागेको जानकारी दिएको हो ।
नेदरल्याण्ड्समा हुने उक्त लिग-२ शृङ्खलामा आयोजक नेदरल्याण्ड्स, नेपाल र नामिबिया सम्मिलित हुनेछन् । सोही महत्त्वपूर्ण प्रतियोगिताको तयारीलाई थप बलियो बनाउन नेपाली टोलीले जर्सीमा विशेष तयारी क्याम्प राख्ने क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भ्रमणका क्रममा नेपाली टोलीले तयारी क्याम्पसँगै घरेलु टोली जर्सीसँग दुई वटा एक दिवसीय खेल समेत खेल्ने तय भएको छ । यी दुवै खेलहरू जर्सीको एनसीसी ग्रेनभिल खेल मैदानमा सञ्चालन हुनेछन् ।
क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र जर्सीबिचको पहिलो एक दिवसीय खेल जुलाई १३ तारिखमा हुनेछ । यसै गरी टोलीले जुलाई १५ तारिखमा जर्सीसँग दोस्रो तथा अन्तिम एक दिवसीय खेल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण