आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

एक्सप्रेस–टीको बालकुमारी सर्भिस सेन्टर अब दैनिक १५ घण्टा खुला रहने

बुधबार, २० जेठ २०८३, १७ : ४४
बुधबार, २० जेठ २०८३

काठमाडौँ । ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै एक्सप्रेस–टी विद्युतीय ट्याक्सीले बालकुमारीस्थित आफ्नो सर्भिस सेन्टरको समय विस्तार गरेको छ । अब यो सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म गरी दैनिक १५ घण्टा सञ्चालन हुनेछ । 

यसअघि सीमित समय मात्र खुल्ने यो सेन्टरको समय बढाइएपछि ट्याक्सी चालकहरूले आफ्नो व्यस्त कार्यतालिकाका बिच पनि सहजै मर्मत सेवा लिन सक्नेछन् ।

कम्पनीले यो समय तालिका चाँडै गोङ्गबु र भक्तपुरका सेन्टरहरूमा पनि लागू गर्ने जनाएको छ । हाल १३ स्थानमा फास्ट चार्जिङ सुविधा र विभिन्न सर्भिस सेन्टरहरू सञ्चालन गरिरहेको एक्सप्रेस-टीले गाडी बिमा, निःशुल्क सर्भिसिङ तथा मोटर र ब्याट्रीमा ५ वर्षसम्मको वारेन्टी सुविधा दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप