नयाँ दिल्ली आगलागीमा घाइते दुई नेपाली डिस्चार्ज
सारांश
- नयाँ दिल्लीको मालवीय नगरमा भएको आगलागीमा २१ जनाको मृत्यु भएको छ।
- आगलागीमा परी ३७ जना घाइते भएका छन्, जसमा २३ जना विदेशी नागरिक र १४ जना भारतीय नागरिक छन्।
- घाइते भएका दुई नेपाली नागरिक भने अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
काठमाडौँ। भारतको राजधानी नयाँ दिल्लीको मालवीय नगर इलाकामा रहेको एक भवनमा भीषण आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। दिल्ली सरकारका अनुसार आगलागीमा परी ज्यान गुमाउनेहरूमा ११ जना विदेशी नागरिक र १० जना भारतीय नागरिक रहेका छन्।
यस आगलागीमा परी अन्य ३७ जना घाइते भएका छन् । घाइते हुनेहरूमा २३ जना विदेशी नागरिक र १४ जना भारतीय नागरिक रहेका छन्। दिल्ली सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार घाइतेमध्ये पाँच जना विदेशी नागरिकको अवस्था सामान्य रहेको छ भने १६ जना विदेशी नागरिकको अवस्था गम्भीर छ।
गम्भीर घाइते भएका विदेशीहरूमध्ये १० जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने बाँकी ६ जनाको भेन्टिलेटरविना नै उपचार भइरहेको छ। यसैगरी, आगलागीमा परेर घाइते भएका नेपालका दुई नागरिक भने अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
आगलागीको घटनामा घाइते भएका १४ भारतीय नागरिकमध्ये ११ जना दिल्ली पुलिसका जवान रहेका छन्। घाइते भएका अन्य तीन जना भारतीय नागरिकको अवस्था गम्भीर रहेको बताइएको छ, यद्यपि उनीहरूलाई भेन्टिलेटरमा भने राख्नु परेको छैन।
घाइते सबैको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण