परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबिच भेटवार्ता
शनिबार, २३ जेठ २०८३, १२ : ४७
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनाल र भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
- भेटमा दुई देशबिचको द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ ।
- राजनीतिक दल र जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने विषयमा पनि कुराकानी भएको छ ।
काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबिच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
भेटवार्ताका दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।
यसका साथै, दुवै नेताहरूबिच राजनीतिक दलहरू तहको सम्बन्ध र अन्तर्क्रियालाई अझ गहिरो बनाउने तथा नेपाल र भारतका नागरिक बिच रहेको जनस्तरको सम्बन्धलाई झन् बलियो बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।
भारतीय विदेशमन्त्री एस.जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री खनालले हिजो भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग दुई पक्षीय भेटवार्ता गरेका थिए भने इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण