नयाँ औषधी ऐन ल्याउने तयारी
सारांश
- औषधि व्यवस्था विभागले २०३५ सालको पुरानो ऐनलाई प्रतिस्थापन गर्न नयाँ औषधि ऐन ल्याउने तयारी गरिरहेको छ ।
- नयाँ ऐनले संघीयताअनुसार विभागको कामलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने विषयमा छलफल भइरहेको छ ।
- पुरानो ऐनले संघीयता पछिको अवस्थालाई सम्बोधन नगरेकाले नयाँ ऐन आवश्यक भएको छ ।
काठमाडौँ । औषधि ऐन, २०३५ लाई प्रतिस्थापन गर्दै नयाँ औषधि ऐन ल्याउने तयारी थालिएको छ । औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ लाई प्रतिस्थापन गर्दै नयाँ औषधी ऐन ल्याउन लागेको जनाएको हो । त्यसका लागि सरकारले नयाँ ऐनमा समेट्ने विषयबारे काम गरिरहेको छ ।
औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक किरण बज्राचार्यले देश संघीयतामा गइसकेपछि विभागको कामकारबाहीलाई प्रादेशीकस्तरसम्म पुर्याउन सकिने विषयबारे छलफल भइरहेको बताए ।
बज्राचार्यले भने, ‘औषधि ऐनमा काम भइरहेको छ । औषधि ऐननै नयाँ आउँदैछ । हाम्रो मुख्य समस्या भनेको सङ्घीयता आइसकेपछि विभागको कामकारबाही पनि सङ्घमा मात्रै केन्द्रित छ प्रदेश र स्थानीय तहमा जाने भन्ने केहीपनि छैन । औषधी ऐन पुरानो भएकाले अहिलेको ऐनले केही पनि बोलेको छैन । पछाडिको नीतिहरुलेपनि केही बोलेन । त्यो भएकालेपनि नयाँ ऐनमा काम गरिरहेका छौँ । कुनलाई कसरी फङ्सन गराउने प्रदेशको अधिकार के हो ? ’ पछिल्लो पटक औषधी ऐन २०८२ साउन १४ गते संशोधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण