नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार
सारांश
- साताको कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.५४ अङ्कले घटेर २७३३.५९ विन्दुमा पुगेर बन्द भएको छ ।
- आज ३५७ कम्पनीका १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ४४ करोड ३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
- सोपान फर्मास्युटिकल्स र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने क्रेष्ट माइक्रो लाइफ इन्सयोरेन्सको मूल्य सबैभन्दा धेरै घटेको छ ।
काठमाडौँ । साताको कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से १.५४ अङ्कले घटेर २७३३.५९ विन्दुमा पुगेर बन्द भएको छ ।
मङ्गलबार बजार खुलेदेखि नै उतारचढाव देखिए पनि अन्तिम समयमा नेप्से घटेर बन्द भएको हो । आज ३५७ कम्पनीका १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ४४ करोड ३ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्य घटेको छ। १५ कम्पनीको मूल्य भने स्थिर रह्यो।आज सोपान फर्मास्युटिकल्स र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्यमा झन्डै १५ प्रतिशतको वृद्धि देखिएको छ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य १०.९८ प्रतिशतले बढेको छ । आज क्रेष्ट माइक्रो लाइफ इन्सयोरेन्सको मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज कृषि विकास बैंकको डिवेञ्चर एडीबीएलबी८६ अग्रस्थानमा रह्यो । यसको ५७ करोड २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा सेन्ट्रल फाइनान्सको ३५ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा सत्ताको चाबी बोकेर के गरिरहेको छ राप्रपा–प्रलोपा ?
-
ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङ मार्गको शिलापत्र कसरी हरायो ?
-
बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालेको घटनामा डा. नूतन शर्मा पनि अनुसन्धान दायरामा
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रौतहटमा खोलामा डुबेर बालकको मृत्यु
-
भारतीय टोलीको प्रदर्शन समीक्षा गर्दै बीसीसीआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण