संसद् बैठक
परराष्ट्रमन्त्रीको भनाइबारे एमालेले माग्यो जवाफ
सोमबार, ०१ असार २०८३, ११ : ३५
सारांश
- नेकपा एमालेले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले 'अतीतको बोझ बोक्न सक्दैनौँ' भन्ने अभिव्यक्तिको जवाफ मागेको छ ।
- एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा यो अभिव्यक्तिबारे प्रश्न उठाएकी हुन् ।
- अर्यालले उक्त भनाइले कालापानी, लिपुलेक जस्ता नेपाली भूभागबारे नेपालको दाबीलाई बोक्न नसक्ने भन्न खोजेको हो कि भनी प्रश्न गरेकी छन् ।
काठमाडौँ । विपक्षी दल नेकपा एमालेले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले अभिव्यक्त गरेको अतीतको बोझ बोक्न सक्दैनौ भन्ने भनाइबारे जवाफ मागेको छ । प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले व्यक्त गरेको अभिव्यक्तिको जवाफ मागेकी हुन् ।
‘परराष्ट्रमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग बस्दा इतिहासको बोझ बोक्न नसक्ने बताउनु भएको कुरा आएको छ,’ अर्यालले भनिन्, ‘पारी बाघ कराएको यता बाख्रो हराएको जस्तो भएको छ । अतीतको बोझ बोक्न सक्दैनौँ भनेर के विषय भन्न चाहनु भएको हो, त्यसको जवाफ माग्न चाहन्छौँ ।’
अर्यालले कालापानी लिपुलेक लगायतका जमिनबारे नेपालको दाबालाई बोक्न सक्दैनौ भनेर परराष्ट्रमन्त्रीले भन्न खोज्नु भएको हो भन्ने प्रश्न पनि गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण