‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
सारांश
- फिल्म ‘रोल नम्बर १’ ले बक्स अफिसमा एक करोड ३५ लाख बढी ग्रस कलेक्सन गरेको छ ।
- चलचित्र विकास बोर्डले सार्वजनिक गरेको रिपोर्ट अनुसार, आइतबार राती १२ बजेसम्म फिल्मको एक करोड ३५ लाख १५ हजार ९९३ ग्रस कलेक्सन भएको छ ।
- विद्यार्थी, शिक्षक तथा अभिभावकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको यो फिल्मले शिक्षा, पारिवारिक सम्बन्ध र विद्यार्थी जीवनका चुनौतीलाई भावनात्मक ढङ्गले प्रस्तुत गरेको छ ।
काठमाडौँ । फिल्म ‘रोल नम्बर १’ ले बक्स अफिसमा एक करोड ३५ लाख बढी व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सोमबार सार्वजनिक गरेको छ । जसमा ‘रोल नम्बर १’ को आम्दानी आइतबार राती १२ बजेसम्म एक करोड ३५ लाख १५ हजार ९९३ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा फिल्मको टिकट ४७ हजार १५१ वटा बिक्री भएका छन् ।
विनोद पौडेलको निर्माण रहेको फिल्म जोन योञ्जनले निर्देशन गरेका हुन् । फिल्ममा मुकुन भुसाल, सुशांक कार्की , रेणुनाथ योगी, सिर्जना अधिकारीको मुख्य भूमिका रहेको छ । फिल्मको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठको समेत अभिनय छ ।
विद्यार्थी, शिक्षक तथा अभिभावकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको फिल्म अहिले पनि प्रदर्शनरत छ । विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीलाई हलमा नै लगेर देखाउन थालेका छन् । विद्यार्थी र शिक्षकहरूले फिल्मलाई सम्पूर्ण परिवारले सँगै बसेर हेर्नुपर्ने भनेर पब्लिसिटी गरिरहेका छन् ।
फिल्मले शिक्षा, पारिवारिक सम्बन्ध, विद्यार्थी जीवनका चुनौती र सामाजिक यथार्थलाई भावनात्मक ढङ्गले प्रस्तुत गरेको भन्दै दर्शकहरूले प्रशंसा गरिरहेका छन्। चलचित्र हेरेपछि धेरै विद्यार्थी तथा दर्शक भावुक बनेका छन् भने कतिपयले पुनः परिवारसहित हेर्ने इच्छा व्यक्त गरेका छन्।
बलियो वर्ड अफ माउथ र दर्शकको सकारात्मक प्रतिक्रियाका कारण फिल्मले यो सातामा पनि प्रदर्शनमा निरन्तरता पाएको छ। फिल्म गत १५ जेटबाट सार्वजनिक प्रदर्शनमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुबाको हत्यादेखि विश्वकपको गोलसम्म
-
रसायनिक मलको परनिर्भरता कम गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
-
१० प्रतिशत निःशुल्क शैया व्यवस्थापन सम्बन्धी निर्देशिकाप्रति अफिनको आपत्ति
-
श्रम संस्कृति पार्टीका सांसदद्वारा बेल घेराउ, सभामुखले गराए सचेत
-
रास्वपा महाधिवेशनमा चितवन पुग्ने प्रतिनिधि र पर्यवेक्षकलाई आवासमा २५ प्रतिशत र पेयपदार्थमा १० प्रतिशत छुट
-
उद्योग मन्त्रीलाई रास्वपा सांसदको प्रश्न : रुग्ण उद्योग कहिले सञ्चालनमा आउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण