मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

सेफ सन्तोष साहलाई हिरासतमा राख्न ३ दिन म्याद थप

सोमबार, ०१ असार २०८३, १४ : ४६
सोमबार, ०१ असार २०८३

सारांश

  • सेफ सन्तोष साहलाई ठगी मुद्दामा अनुसन्धान गर्न प्रहरीले अदालतबाट ३ दिनको म्याद थप गरेको छ ।
  • साह र उनका दाजुलाई जनकपुरबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।
  • साहले मिथिला थाली रेस्टुरेन्ट सञ्चालन गरेका छन् र उनी २०२० को बीबीसी मास्टर सेफ हुन् ।

काठमाडौँ । सेफ सन्तोष साहलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ । साहमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट ३ दिनका म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह र उनका दाजु ५८ वर्षीय नारायण साह सुडीलाई शनिबार जनकपुरको रामानन्द चोकबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।

दुई वटा मुद्दा मध्ये ठगी मुद्दामा अनुसन्धानको लागी प्रहरीले अदालतबाट म्याद लिएको हो । साह विरूद्ध ४ लाख ५० हजार ठगी सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता भएर पक्राउ पुर्जी जारी भएको थियो ।

सिरहाको कर्जन्हा नगरपालिका–९ घर भएर काठमाडौँ बस्ने ४० वर्षीय सन्तोषले मिथिला थाली नामको चेक रेस्टुरेन्ट सञ्चालन गरेका छन् ।आर्जव होल्डिङ प्रालिलाई उनले दिएको २५ लाखको चेक नसाटिएको बैंकिङ्ग कसुरमा साहलाई बिगो भराएर १ महिना कैद सजाय हुने फैसला भैसकेको छ । आर्जव होल्डिङ प्रालिले नक्सालमा शिला रेस्टुरेन्ट सञ्चालन गरेको थियो । 

नक्साल स्थित गैरीधारामा रहेको सो रेस्टुरेन्ट मिथिला थाली प्रालिले खरिद गरेको थियो । रेस्टुरेन्ट खरिद गर्दा साहले दिएको चेक बाउन्स भएको हो ।साह २०२० को बीबीसी मास्टर सेफ हुन् । बेलायतमा खानाका परिकारसम्बन्धी ‘बीबीसी मास्टरसेफ द प्रोफेसनल्स’ मा प्रतिस्पर्धा गर्दा ‘सेकेन्ड रनरअप’ घोषित भएपछि साहको चर्चा चुलिएको थियो । 

त्यसपछि उनले लण्डनबाट नेपाल फर्केर मिथिला थाली नामको रेस्टुरेन्ट सञ्चालन गर्न थालेका हुन् । ललितपुरको झम्सिखेल, काठमाडौँको गौशाला र गैरीधारा तथा जनकपुरमा उनले मिथिला थाली सञ्चालन गरेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप