डिजिटल मधेस दशक घोषणा
सारांश
- मधेस प्रदेश सरकारले सन् २०२६ देखि २०३६ सम्मका लागि ‘डिजिटल मधेस दशक’ घोषणा गरेको छ ।
- अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारीलाई अनुत्पादक तथा घरजग्गा लगायतका क्षेत्रमा लगानी गर्न निरुत्साहित गरिने कार्यक्रम ल्याइएको बताए ।
- यस्तै, प्रदेश सरकारले आगामी वर्षको बजेटमार्फत ‘एक गाउँ एक डिप बोरिङ’ योजनामार्फत स्वच्छ खानेपानी आपूर्तिलाई जोड दिएको छ ।
जनकपुरधाम । मधेस प्रदेश सरकारले सन् २०२६ देखि २०३६ सम्मका लागि ‘डिजिटल मधेस दशक’ घोषणा गरेको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभामा आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट सार्वजनिक गर्दै आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा गरी सोही अनुसार कार्यक्रम अघि बढाइने जानकारी दिए ।
उनले बजेटमार्फत सरकारीलाई अनुत्पादक तथा घरजग्गा लगायतका क्षेत्रमा लगानी गर्न निरुत्साहित गरिने कार्यक्रम ल्याइएको बताए । यस्तै, प्रदेश सरकारले आगामी वर्षको बजेटमार्फत ‘एक गाउँ एक डिप बोरिङ’ योजनामार्फत स्वच्छ खानेपानी आपूर्तिलाई जोड दिएको मन्त्री भट्टराईले उल्लेख गरे ।
उनले प्रादेशिक खेलाडी प्रोत्साहन तथा जीवन निर्वाह भत्तामार्फत खेलाडीलाई प्रोत्साहित गर्ने योजना पनि बजेटमार्फत सार्वजनिक गरे । नव उद्यमीका लागि कोषको व्यवस्था गरिने, सय दिने युवा रोजगारी ग्यारेन्टी कार्यक्रम सञ्चालन जस्ता विषय बजेटमा समेटिएको उनले बताए ।
११ औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा संघीय सरकारसँग स्रोत सुनिश्चितता गरी काम अघि बढाइने मन्त्री भट्टराईले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार मेलामार्फत १६४ लाई रोजगारी
-
‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’
-
गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि
-
अपराजित यात्रा कायाम राख्ने दाउमा बेल्जियम, सलाहको इजिप्टसँग कस्तो छ हेड-टु-हेड?
-
छिन्नमस्ता गाउँपालिकाबाटै कर सेवा सुरु, अब प्यान र कर चुक्ताका लागि राजविराज जानु नपर्ने
-
नेपालको पर्यटकीय सम्भावनाबारे हङकङमा प्रचारप्रसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण