सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश बजेट

लुम्बिनी प्रदेशमा बजेट भाषण सुरु

सोमबार, ०१ असार २०८३, १७ : ४१
सोमबार, ०१ असार २०८३

सारांश

  • लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रदेशसभामा प्रस्तुत गर्न सुरु गरिएको छ ।
  • आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट भाषणमार्फत आय–व्यय विवरण प्रस्तुत गर्न सुरु गरेका छन् ।
  • बजेटमा प्रदेश सरकारका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा पूर्वाधारलगायतका प्राथमिकता समेटिएको अपेक्षा गरिएको छ ।

बुटवल । लुम्बिनी प्रदेशमा बजेट भाषण सुरु भएको छ ।  प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रदेशसभामा प्रस्तुत गर्न सुरु गरिएको हो ।

प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट भाषणमार्फत आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्न सुरु गरेका छन् । 

यसअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बजेटलाई स्वीकृति प्रदान गरेको थियो । बजेटमा प्रदेश सरकारका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा पूर्वाधारलगायतका प्राथमिकता समेटिएको अपेक्षा गरिएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप