मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

इन्स्पेक्टर सन्तोष खड्का उत्कृष्ट प्रहरी घोषित

सोमबार, ०१ असार २०८३, २२ : ००
सोमबार, ०१ असार २०८३

सारांश

  • इन्स्पेक्टर सन्तोषकुमार खड्कालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।
  • इन्स्पेक्टर खड्काले सूचना सङ्कलन र अपराध अनुसन्धानमा उत्कृष्ट प्रदर्शन गरेबापत उनलाई यो सम्मान दिइएको हो ।
  • टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स पिल्लरमा कार्यरत खड्का भिड नियन्त्रणमा पनि काबिल मानिन्छन् ।

काठमाडौँ । इन्स्पेक्टर सन्तोषकुमार खड्का उत्कृष्ट प्रहरी घोषित भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स पिल्लरमा कार्यरत खड्कालाई जेठ महिनाभरि गरेको कामको आधारमा कार्यालयले उत्कृष्ट घोषणा गरेको हो ।

सूचना सङ्कलन र अपराध अनुसन्धानमा उत्कृष्टता प्रदर्शन गरेको मूल्याङ्कन गर्दै उनलाई उत्कृष्ट घोषण गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ  । इन्स्पेक्टर खड्का सूचना सङ्कलन, अपराध अनुसन्धान र भिड नियन्त्रणमा काबिल मानिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप