नेपाल दलित सङ्घको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त
सोमबार, ०१ असार २०८३, २२ : १३
सारांश
- नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल दलित सङ्घको अध्यक्षमा विपेन्द्र रामुदामुलाई नियुक्त गरेको छ।
- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सभापति गगन थापाले चितवनका रामुदामुलाई अध्यक्ष पदमा नियुक्त गरेका हुन्।
- रामुदामुलाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ११ बुँदे कार्यादेश र कार्य विवरण प्रदान गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल दलित सङ्घको अध्यक्षमा विपेन्द्र रामुदामुलाई नियुक्त गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ को निर्णयअनुसार पार्टी सभापति गगन थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेपाल दलित सङ्घको अध्यक्ष पदमा चितवनका रामुदामुलाई नियुक्त गरेका हुन्।
उनीलाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ११ बुँदे कार्यादेश र कार्य विवरण प्रदान गरिएको नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण