बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

इनड्राइभमा यात्रा गर्दा विश्वकप फुटबल हेर्ने फ्री पास जित्ने मौका

बुधबार, ०३ असार २०८३, १८ : ३७
बुधबार, ०३ असार २०८३

सारांश

  • इनड्राइभ नेपालले विश्वकप फुटबलको आधिकारिक डिजिटल प्रसारणकर्ता डिशहोमको प्लेटफर्म डीजीओसँग सहकार्य गरी 'विश्वकप फुटबल २०२६ राइड एन्ड विन' क्याम्पेन सार्वजनिक गरेको छ।
  • यस क्याम्पेन अन्तर्गत इनड्राइभ प्रयोगकर्ताले डीजीओ फुटबल सिजन पासमा विशेष छुट र निःशुल्क स्ट्रिमिङ भाउचर प्राप्त गरी मोबाइलबाटै प्रत्यक्ष खेल हेर्न सक्नेछन्।
  • क्याम्पेनमा एक सातामा कम्तीमा एक राइड पूरा गर्नेले १० प्रतिशत छुट र तीन राइड पूरा गर्नेले निःशुल्क सिजन पास जित्न सक्नेछन्।

काठमाडौँ । इनड्राइभ नेपालले नेपालमा विश्वकप फुटबलको आधिकारिक डिजिटल प्रसारणकर्ता डिशहोमको प्लेटफर्म डीजीओसँग सहकार्य गर्दै ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ। 

जुन १६ देखि जुलाई १८ सम्म चल्ने यस क्याम्पेनको उद्देश्य दैनिक यात्रासँगै डिजिटल मनोरञ्जनलाई जोडेर नेपाली फुटबल समर्थकहरूको विश्वकप हेर्ने अनुभवलाई सहज बनाउनु हो। 

यस अन्तर्गत इनड्राइभ प्रयोगकर्ताले डीजीओ फुटबल सिजन पासमा विशेष छुट र निःशुल्क स्ट्रिमिङ भाउचर प्राप्त गरी मोबाइलबाटै प्रत्यक्ष खेल हेर्न सक्नेछन्।

क्याम्पेन अन्तर्गत एक सातामा कम्तीमा एक राइड पूरा गर्नेले डीजीओ सिजन पास खरिदमा १० प्रतिशत छुट पाउनेछन् भने तीन राइड पूरा गर्नेहरू स्वतः र्‍याफल ड्रमा सहभागी भई निःशुल्क सिजन पास जित्न योग्य हुनेछन्। पाँच साताको अवधिभर कुल २,५०० वटा फ्री भाउचर वितरण गरिनेछ। 

इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रिता पोखरेल र डीजीओका चिफ अपरेटिङ अफिसर रोशन निरौलाका अनुसार यो सहकार्यले खेलकुद र प्रविधिलाई जोड्दै समर्थकहरूलाई दैनिक गतिविधिका माध्यमबाट पुरस्कृत हुने र गुणस्तरीय फुटबल मनोरञ्जनको सहज पहुँच पाउने उत्कृष्ट अवसर प्रदान गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप