बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

जेल गए दीपक भट्ट र सुलभ अग्रवाल, तस्बिरहरू

बुधबार, ०३ असार २०८३, २२ : ०७
बुधबार, ०३ असार २०८३

सारांश

  • विशेष अदालतको आदेशमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अर्बौंको सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
  • भट्टमाथि २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ ।
  • हिमालयन रि-इन्स्योरेन्स लगायतका कम्पनीहरूको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको उनीहरूमाथि आरोप छ ।

काठमाडौँ । विशेष अदालतको आदेशअनुसार व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । 

अर्बौँको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा मुछिएका उनीहरूलाई विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । 

dipak-sulav (2)

प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरण बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार, ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको थियो । 

हिमालयन रि–इन्स्योरेन्स सहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो । जसको सुनुवाइ हुँदा अदालतले रिहा गर्न अस्वीकार गरेको हो । दुबै जना डिल्लीबजार कारागार चलान भएका छन् । 

dipak-sulav (3)dipak-sulav (4)dipak-sulav (5)dipak-sulav (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप