प्रचण्डको आरोप : सरकार गरिब, श्रमिक र मजदुर विरोधी देखिन्छ
सारांश
- नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार गरिब, मजदुर किसान, उत्पीडित वर्ग विरोधी रहेको आरोप लगाएका छन् ।
- उनले नीति कार्यक्रम, बजेट र अन्य निर्णयले सरकार उच्च वर्गको हित रक्षामा केन्द्रित रहेको बताए ।
- प्रचण्डले जनताका मौलिक र ट्रेड युनियन अधिकारका लागि सबै मोर्चाबाट आवाज उठाउने बताए ।
काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्वको सरकार गरिब, मजदुर किसान, उत्पीडित वर्ग विरोधी रहेको बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा डिजिटल सदस्यता वितरण कार्यक्रमको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।
‘नीति कार्यक्रम, बजेट र अन्य निर्णयले यो सरकार नेपालका सबै गरिब, मजदुर, किसानका र उत्पीडित वर्गका विरुद्ध छ भन्ने प्रस्ट देखिन्छ’, प्रचण्डले भने, ‘ऊ उच्च वर्गको हित रक्षा गर्नेमा केन्द्रित छ भन्ने प्रस्ट देखिन्छ ।’
संयोजक प्रचण्डले जनताका मौलिक र ट्रेड ‘युनियन अधिकारका लागि सबै मोर्चाबाट आवाज उठाउने प्रयासमा रहेको बताए । सदनमा सबै प्रतिपक्षलाई एक ठाउँमा ल्याएर र सडकमा पनि बिस्तारै यी विषय लैजानुपर्नेछ’, प्रचण्डले भने, ‘समावेशिता र सङ्घीयतामा लडेका पार्टीहरूलाई कमजोर पार्ने गरिरहेका छन् । प्रतिक्रियावादीहरुले चालेको कचिङल, झमेला र भ्रम पैदा गर्ने प्रयासमा पार्टीकै केही साथीहरू जान लागेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
-
अन्ततः ठेक्का सम्झौता रद्द
-
तालिम प्राप्तकै भरमा डेन्टल क्लिनिक : दर्ता नभएका जनशक्तिबाटै बिरामीको परीक्षण
-
सांसदहरूले औँल्याए कमजोरी नै कमजोरी
-
कार्यकारी निकायले अख्तियारलाई ‘निर्देशन’ दिन मिल्छ ?
-
कर्णालीमा एमालेले भन्यो– ‘मन्त्री नै आयोजक हुने, त्यसमा सरकारको लगानी हुने कुरा अलिकति स्वार्थ बाझिएको हो कि ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण