संसद् बैठक
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
शुक्रबार, ०५ असार २०८३, १५ : १८
सारांश
- प्रतिनिधिसभाले गत वैशाखमा संसद् रोकेर सरकारले ल्याएका चार अध्यादेश स्वीकृत गरेको छ ।
- स्वीकृत हुने अध्यादेशहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ), सहकारी (पहिलो संशोधन), र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन् ।
- गत वैशाख २८ गते संसद् अधिवेशनको पहिलो दिन यी अध्यादेश प्रतिनिधिसभामा पेस भएका थिए ।
काठमाडौँ । गत वैशाखमा संसद् रोकेर सरकारले ल्याएका चार अध्यादेश प्रतिनिधिसभाले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो ।
चारवटै अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अध्यादेश निणयार्थ प्रस्तुत गरेका थिए ।
गत वैशाखमा संसद् अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो । वैशाख २८ गते संसद् अधिवेशन सुरु भएको पहिलो दिन ती अध्यादेश प्रतिनिधिसभा पेस भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
-
काठमाडौँ प्याब्सनका कोषाध्यक्ष मृत फेला
-
बोनम्यारो’ पीडित बालक बिपिनको उपचार खर्च जुटाउन नसकेर परिवार तनावमा
-
अखिल (क्रान्तिकारी) र अनेरास्ववियूबिच एकताका लागि तीन कार्यदल गठन
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण