शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य सेवा विभागका महानिर्देशक ढकाल अनिवार्य अवकाशमा

शुक्रबार, ०५ असार २०८३, १८ : ०१
शुक्रबार, ०५ असार २०८३

सारांश

  • स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरबहादुर ढकाल उमेर हदका कारण अनिवार्य अवकाशमा परेका छन् ।
  • गत कात्तिक ३० गते महानिर्देशक बनेका डा. ढकाल स्वास्थ्य सेवाको १२औँ तह अतिरिक्त सचिवमा बढुवा भएपछि स्वास्थ्य मन्त्रालयमा आएका थिए ।
  • गत वैशाख २९ गते स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट डा. अनुज भट्टचनले विभागको निमित्त महानिर्देशकको जिम्मेवारी पाएका थिए ।

काठमाडौँ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.केशरबहादुर ढकालले आजदेखि अनिवार्य अवकाश पाएका छन् । गत कात्तिक ३० गते महानिर्देशक बनेका डा.ढकालले उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् ।

स्वास्थ्य सेवाको १२औँ तह अतिरिक्त सचिवमा बढुवा भएपछि डा.ढकाल स्वास्थ्य मन्त्रालयमा आएका थिए । उनी पछिल्लो एक महिनायता बिदामा बसेका थिए । 

स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट गत वैशाख २९ गते विभागको निमित्त महानिर्देशकमा डा.अनुज भट्टचनले जिम्मेवारी पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप