लुम्बिनी प्रदेशसभाको बैठक स्थगित
बुधबार, १७ असार २०८३, १४ : ११
सारांश
- लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनको बैठक विशेष कारणवश स्थगित गरिएको छ।
- प्रदेश सरकारको विशेष अनुरोधमा बैठक स्थगित गरिएको हो।
- अब बैठक असार २१ गते आइतबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको छ।
बुटवल । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत बुधबार दिउँसो १ बजे बस्ने तय भएको एघारौँ बैठक स्थगित गरिएको छ। प्रदेश सरकारको विशेष अनुरोधमा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि पूर्वसूचना अनुसार बुधबार दिउँसो १ बजे बैठक बस्ने कार्यसूची तय गरिएको थियो।
उक्त बैठक असार २१ गते आइतबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक स्थगित गरी नयाँ मिति निर्धारण गरिएको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।
बैठक स्थगित भएपछि प्रदेशको बजेट तथा अन्य विधेयकमाथिको छलफल केही दिनका लागि प्रभावित हुने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी, यस्तो छ तथ्यांक
-
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
-
पहिलो हाफमा स्पेन पूरै हाबी, अस्ट्रिया विरुद्ध १–० को अग्रता
-
स्पेनले लियो सुरुवाती अग्रता
-
स्पेनले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन्
-
स्पेन र अस्ट्रियाबिचको खेल सुरु, के स्पेनले १६ वर्ष लामो ‘नकआउट’ खडेरी तोड्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण